राजनीति

द्वन्दका घाउ चर्काउने प्रतिगामी हर्कतबाट सतर्क हुनुपर्छ : बाबुराम भट्टराई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – टीकापुर घटनामा राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्।

शनिबार भएको भेटका क्रममा भट्टराईले जेलमुक्त भएका चौधरीलाई खादा र माला लगाएर स्वागत गरेका थिए।

बिज्ञापन

उनले भने, ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई थारू लगायतका उत्पीडित जाति,वर्ग,क्षेत्र,लिङ्ग,समुदायको मुक्ति अभियानमा निरन्तर लागिरहन हार्दिक शुभकामना ।’

अध्यक्ष भट्टराईले जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह,जनजाति आन्दोलन,संयुक्त जनआन्दोलनको बलमा अहिलेको संविधान र जनअधिकार प्राप्त भएको कसैले नबिर्सिन पनि आग्रह गरेका छन्।

उनले भने, ‘यो वा ऊ बहानामा हिजोका द्वन्द्वका घाउ चर्काएर देशलाई नियन्त्रित अस्थिरताको भुमरीमा फसाइराख्ने भित्री र बाहिरी प्रतिगामी हर्कतबाट सतर्क रहौँ ।’

अध्यक्ष भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समतामूलक समृद्धिको दिशामा अघि बढ्न सबै प्रगतिशील, लोकतान्त्रिक,समाजवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।