राजनीति

स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुङ्गा हान्दैमा डराउनु पर्दैन : रवि लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफैले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फलेको वृक्षको उपमा दिएका छन् ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्दर्भमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले आफ्नो पार्टीबारे अन्य पार्टीका नेताले आलोचना गर्ने गरेको भन्दै उनले फलेको वृक्षमा सबैले ढुङ्गा हान्ने गरेको तर्क गरे।

बिज्ञापन

‘हामीलाई दुस्मन सम्झने सबै मञ्चबाट आजभोलि नेताहरूको भाषणमा हाम्रो आलोचना भइरहेको देख्दा केही साथीहरू दुःखी हुनुहुन्छ , म भन्छु दुःखी हुने कारण छैन । ढुङ्गा त त्यही रुखमा हानिन्छ। जुन रुखमा फल लागेको छ।’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको वृक्ष हो ।’

उनले सो ढुङ्गाको जवाफ मेयर हर्क साम्पाङले जस्तो पानी ल्याउने काममा प्रयोग गरेर दिने तर्क गर्दै भने, ‘हानिएका ढुङ्गालाई जवाफ फर्काउनु हुन्न त्यो ढुङ्गालाई जम्मा गरेर हर्क साम्पाङले जस्तो पानी ल्याउने काम गरे भई हाल्यो नि ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।