राष्ट्रिय समाचार

आन्दोलनरत कर्मचारीलाई मेयर बालेनको चेतावनी : विद्यालय बन्द गरे कारबाही

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन्। 

शनिबार सामाजिक संजालमा लेख्दै प्रमुख साहले विद्यालय शान्ति क्षेत्र भएकाले बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्न नपाइने बताएका हुन्। 

बिज्ञापन

उनले महानगरका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई पठनपाठन नियमित राख्न पनि निर्देशन दिएका छन्। 

सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनरत विद्यालय कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। 

प्रमुख साहले शिक्षक वा कर्मचारी विद्यालयमा अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने चेतावनी दिएका छन्। 

विद्यालय व्यवस्थापन समिति विघटनदेखि बल प्रयोग गरी विद्यालय बन्द गर्न खोजे फौजदारी मुद्दा चलाउने चेतावनी पनि प्रमुख साहले दिएका छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।