पौडी खेल्दा डुबेर मृत्यु

पाल्पा : तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको बाँधमा डुबेर शनिबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–७ का १८ वर्षीय अभिषेक परियार रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। अध्ययनका लागि रूपन्देहीको तिलोत्तमा–३ ड्राइभरटोलमा उनी कोठा भाडामा बस्दै आएका थिए।

तिनाउ खोलामा पौडी खेल्ने क्रममा मध्याह्न १२ बजे उनी अचानक डुबेर बेपत्ता भएका थिए। प्रहरीले खोजतलास गर्दा दिउँसो साढे १ बजे डुबेको ठाउँमा अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
