घटना

पौडी खेल्दा डुबेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पाल्पा : तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित तिनाउ खोलाको बाँधमा डुबेर शनिबार एकजनाको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–७ का १८ वर्षीय अभिषेक परियार रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। अध्ययनका लागि रूपन्देहीको तिलोत्तमा–३ ड्राइभरटोलमा उनी कोठा भाडामा बस्दै आएका थिए।

लोक कल्याणकारी विज्ञापन

तिनाउ खोलामा पौडी खेल्ने क्रममा मध्याह्न १२ बजे उनी अचानक डुबेर बेपत्ता भएका थिए। प्रहरीले खोजतलास गर्दा दिउँसो साढे १ बजे डुबेको ठाउँमा अचेत अवस्थामा फेला परेका थिए।

बिज्ञापन

उपचारका लागि रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन