खेलकुद

आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ ।

बिज्ञापन

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रदैँछ ।

उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको अमेरिका पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।