घटना

नदीले एकै परिवारका बाह्र जनालाई  बगाउँदा सात जना मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटरमुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन्। स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एक जना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन्।

बिज्ञापन

 तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो। उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन्।

 ‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।