घटना

खुकुरी प्रहार गरी बुहारीको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इलाम, असार १९ गते । इलामको माई नगरपालिका –३ मा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् ।

३९ वर्षीय जेठाजु सन्तोष खातीले सोमबार बुहारी २३ वर्षीया अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहरी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिज्ञापन

खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएको अमृतालाई उपचारका लागि झापाको विएण्डसी अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा मङ्गलबार दिउँसो अमृताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न जेठाजु सन्तोष भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।