प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा

कैलाली । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन् ।
युनियनको आज सम्पन्न छैटौं अधिवेशनबाट ओझाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरिएको हो । जसअनुसार उपाध्यक्षमा सुनिल आउजी र अनिता चौधरी निर्वाचित भएका छन् । सचिवमा शंकर बोहरा निर्वाचित भए ।

कोषाध्यक्षमा गगन अयडी र सहसचिवमा रमा चन्द निर्वाचित भएका हुन् । सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउद, पदमराज भट्ट, पुष्कर पौडेल, केशव धामी निर्वाचित भएका छन् ।
त्यस्तै शारदा फुलरा जैसी, यमुनासाउद, भगवती सुनार, जीवन चौधरी, सौरभ राना र विवेक नागरी सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत ओमप्रकाश जोशीले जानकारी दिए ।
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा सोमबार प्रेस युनियनको अधिवेशन सुरु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
