श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
लोक कल्याणकारी विज्ञापन

सप्तरी । सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लोक कल्याणकारी विज्ञापन

खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
लोक कल्याणकारी विज्ञापन

उक्त घटनाको सुचना प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
बिज्ञापन

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

