कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपणियताको शपथ लिएका छन् ।
माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले आज मुख्यमन्त्री उद्धव थापाद्वारा शपथ लिएका हुन् ।

मुख्यमन्त्री थापाले आजै माओवादी केन्द्रबाट २ जना र नेपाली कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विना विभागिय छन् ।
आसार २१ गते बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले सोही दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
