कृषि

नेपालबाट पहिलोपटक चीनमा घाँस निर्यात

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन – नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी ‘हाइलेज’ घाँस चीन निर्यात सुरु भएको छ ।

चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको हाे।

बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको छ।

सन् २०२२ मा नेपाल सरकार र चीनको सिगात्से सहरबिच भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यावसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा उत्पादन गरेको तीन सय टन हाइलेज पहिलो पटक चीन पठाइएको हो ।

मन्त्रालय, दूतावास र महानगरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले घाँस निर्यात सानोतिनो कुरा हो जस्तो लाग्छ तर नेपाल र  चीनबिचको आयात निर्यातका लागि माइल स्टोन हुने बताए। उनले निर्यातको यो थालनीले नयाँ सम्भावनाको खोजी हुनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको विकास र समृद्धिका लागि चीनसँगको पारस्परिक सम्बन्ध महत्वपूर्ण हुने दाबी गरे । उनले हाइलेज घाँस निर्यातले नेपालको आयात प्रतिस्थापन, व्यापार घाटा कम र निर्यात प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको बताए।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालबाट हाइलेज चीनमा निर्यातको सुरुवात हुनु महत्वपूर्ण रहेको बताएका छन् । कृषि उत्पादन निर्यातले नेपालको अर्थतन्त्र सबलीकरणमा मद्दत पुग्ने र हाइलेजको उत्पादन गर्नका लागि बाँझो जमिनको उपयोग हुने उनकाे भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।