सुदूरपश्चिम प्रदेश

एक वर्ष पनि टिकेन सिलगढी-झिग्राना सडकको कालोपत्रे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । डोटीको सिलगढी-झिग्राना सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको छ ।

जिल्ला सदरमुकाम सिलगढीदेखि प्रमुख पर्यटकीय स्थल खप्तडको मुख्य प्रवेशद्वार झिग्रानासम्म पुग्ने सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको हो ।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सिलगढी-ओखरबोट सडक खण्ड निर्माणको काम २०७९ साल असार २० गते सम्पन्न भएको थियो । अढाई वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ साल असार ३० गते सम्झौता भएकोमा कोरोना महामारीको कारण देखाउँदै २०७९ साल असोज ३० गतेसम्म म्याद थप भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

कुल १९ करोड ७८ लाख ४४ हजार ३१३ रुपैयाँको लागतमा निर्माण भएको करिब ८ किलोमिटर सडकको अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।