राष्ट्रिय समाचार

कोशीमा मुख्यमन्त्रीको शपथ रोकियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ कार्यक्रम स्थगित भएको छ ।

मुख्यमन्त्री थापाले आज बिहान १०:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, गठबन्धनमा भागबण्डा नमिल्दा अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो ।

बिज्ञापन

मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरु छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको बताए ।उनले शपथ ग्रहणपछि गठबन्धन दलबाट एक एक जनालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।

अन्तिम समयमा शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन तयार भएकाहरु तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, उपसभामुख सिर्जना दनुवारलगायत फर्किएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।