सुनको भाउ प्रतितोला ८ सय रुपैँयाले घट्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको भाउ घटेको छ । बिहिबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो ।
लोक कल्याणकारी विज्ञापन

योसँगै छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

