घटना

झापामा लागुऔषध सेवनकर्ताको बन्चरो प्रहारबाट इन्स्पेक्टर घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । लागुऔषध सेवनकर्ताको आक्रमणबाट इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कट्‍वाल घाइते भएका छन् ।

बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै कट्‍वालमाथि आक्रमण भएको थियो । ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कट्‍वालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो । ३ जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कट्‍वालमाथि आक्रमण भएको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

बिज्ञापन

उनका अनुसार मोटरसाइकलमा आएकामध्ये ३६ वर्षीय अशोक पोखरेलले लुकाएर ल्याएको बन्चरो कट्‍वालको टाउकोमा हानेका थिए । बन्चरो प्रहारबाट उनको टाउको र हातको औंलामा चोट लागेको रिजालले बताए । बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचाररत् कट्‍वालको टाउकोमा ८ र औंलामा ३ टाँका लगाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।

मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, बीचमा सवार ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोक तीनैजनालाई प्रहरीले पक्राउ गरी इप्रका झिलझिलेमा राखेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।