गाई काटेको आरोपमा तीन जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

तनहुँ। प्रहरीले गाई काटेको आरोपमा तीन जनालाई पक्राउ गरेकाे छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिवार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
बिज्ञापन

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा त्यहाँ पुगेको थियो ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
