राष्ट्रिय समाचार

ललिता निवास प्रकरण : संगठित अपराधमा मुद्दा नचलाउने निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकारी कीर्तेमा मात्र मुद्दा चलाइने भएको छ ।

सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तयार पारेको प्रतिवेदन अध्ययन गरेर सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने तयारी गरेको हो ।

बिज्ञापन

सरकारी वकिल कार्यालयले केहीबेरमा अदालतमा मुद्दा दायर गर्दैछ । यसअघि असार १२ गते मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरेपछि ललिता निवास प्रकरणमा सिआइबीले ५८ दिने लामो अनुसन्धान गर्दै संगठित अपराध र सरकारी लिखत किर्तेमा अभियोग पत्र दर्ता गर्न सुझाव दिएको थियो ।

संगठित अपराधमा ६० दिनको अनुसन्धान म्याद हुन्छ । तर, सरकारी कीर्तेमा भने २५ दिनमात्र अनुसन्धानको लागि २५ दिनमात्र हिरासतमा राख्न पाइन्छ । यो प्रकरणमा २५० भन्दा बढी व्यक्ति प्रतिवादी बन्ने सीआईबीले राय दिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।