राजनीति

धरानमा कानूनविपरीतका क्रियाकलाप हुँदा सरकार मूकदर्शक बन्यो : राजेन्द्र लिङ्देन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

युएई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

हाल दुबईमा रहेका अध्यक्ष लिङदेनले राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताए ।

बिज्ञापन

नेपालको हिन्दूराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको भन्दै उनले राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्ने उल्लेख गरे ।

नेपालमा धर्मको राजनीति राप्रपाले नभई धर्मनिरपेक्षता बनाउनेहरूले शुरु गरेको दाबी लिङ्देनले गरे ।

‘म लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्र स्थापना गर्न लागेको छु, जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ,’ उनले भने ।

हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति उनले चिन्ता व्यक्त गरे । कानून विपरीतका गतिविधि भइरहँदा सरकार मूकदर्शक बन्नु आश्चर्यको विषय भएको उनको भनाइ थियो ।

‘देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरू जिम्मेवार छन्,’ लिङदेनले भने, ‘नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दू राष्ट्र स्थापना गर्न सकिन्छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।