व्याक्ती बिशेष

छोरा मरेपछि ७० वर्षीय बाबुले गरे २८ वर्षीया बुहारीसँग विवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् ।दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

यतिबेला यो खबर चर्चाको विषय बनेको छ ।जानकारी अनुसार यो घटना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।

बिज्ञापन

उनले बुहारी पूजासँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ । सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृत्यु भइसकेको थियो । उनका चार सन्तान थिए ।

तर एक छोराको केही वर्षअघि मृत्यु भएको थियो । उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् । त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।

छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् । घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् ।

यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ ।प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन ।

प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।