राष्ट्रिय समाचार

जिउँदै रहेका नेतालाई गाउँपालिका अध्यक्षले ‘मरेर गाडिसक्यौं’ भनेपछि…

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका अध्यक्षले जिउँदै रहेका व्यक्तिलाई मरेको भनेपछि एमालेले आपत्ति जनाएको छ ।

एमालेका पोलिटब्यूरो खेममान खड्कासँग गाउपालिका अध्यक्ष डम्बर बिक ‘तूफान’ले जिउँदै रहेका एमाले बाँकेका जिल्ला अध्यक्ष तथा पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई मरिसकेको बताउँदै अपशब्द बोलेपछि एमाले बाँकेले आपत्ति जनाएको हो ।

बिज्ञापन

नेता खड्का र तुफानबीच भएको फोन संवाद बाहिरिएपछि एमाले बाँकेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर भर्त्सना गरेको छ । सार्वजनिक अडियोमा खजुरा गाउँपालिकाको मोबाइलमा फोन गरेका खड्काले पालिकाका पूर्वअध्यक्ष किस्मत कक्षपतिलाई सोधेका छन् । त्यसक्रममा आक्रोशित हुँदै अध्यक्ष बिकले ‘किस्मत त मरेर अस्ति मट्टी दिइसकेम’ भनेका छन् ।

कक्षपति खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । पहिले उनैले चलाउने पालिकाको अफिसियल मोबाइलमा खड्काले फोन गरेको बुझिन्छ । २०७९ को स्थानीय निर्वाचनबाट बिक पालिका अध्यक्ष निर्वाचित भएपछि उनले सोही नम्बर चलाइरहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।