राष्ट्रिय समाचार

एमसीसी कार्यान्वयनमा विप्लवको असहमति, समाजवादी मोर्चामा विवाद 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कार्यान्वयनको विषयलाई लिएर विप्लव नेतृत्वको नेकपाका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए ।

लोक कल्याणकारी विज्ञापन

‘मोर्चाको मूल मर्म विपरीत हुने गरी उहाँहरूले एमसीसी कार्यान्वयनको घोषणा गर्ने भनेपछि हामीले असहमति राखेका छौँ । मोर्चा निर्माणका क्रममा नै हामीले समाजवाद र राष्ट्रिय स्वाधीनताको विषयलाई मुख्य बनाएका थियौं’, बैठकमा सहभागी नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले भने ।

लोक कल्याणकारी विज्ञापन

‘उहाँ (प्रधानमन्त्री) ले एमसीसी कार्यान्वयन घोषणालाई रोक्न नसकिने भनेपछि हामीले एमसीसी कार्यन्वयन पनि गर्ने, हामीसँग समाजवादी मोर्चामा पनि रहने कुराको तादम्यता मिलेन भन्यौँ । त्यसपछि आज धनगढीमा गर्ने भनिएको मोर्चाको सन्देश सभा पनि स्थगित भएको छ ।’

बिज्ञापन

बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा उपस्थित थिए ।

बैठकमा मोर्चाका अध्यक्ष माधव नेपाल उपस्थित भएनन् । ‘उहाँले पनि आउँछु भन्नुभएको थियो । तर पछि भ्याइएन भनेर खबर पठाउनुभएको थियो । हामीले राखेको विषयमा आफू सहमत भएको उहाँको धारणा छ’, शर्माले भने ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म एमसीसी कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमसीसी कार्यन्वयनको तहमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए । 

तत्कालका लागि धनगढीको कार्यक्रम स्थगित भए पनि यसलाई मोर्चाको तोडिएको भनेर बुझ्न नहुने शर्माले बताए । यसअघि धनगढीमा  दिउँसो १ बजेबा६  मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा गर्न लागिएको थियो । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन