राजनीति

एमसीसी कार्यान्वयनमा गएपछि विप्लव समाजवादी मोर्चाबाट अलग हुन चहान्छन्, बोलाए बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– अमेरिकी आर्थिक सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) कार्यान्वयनमा गएपछि नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाबाट अलग हुने निर्णयको तयारीमा छन्।

स्थायी कमिटी बैठक डाकेका उनी समाजवादी मोर्चाका रहेको सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमसीसीका पक्षमा उभिएपछि फरक निर्णयको तयारीमा छन्। 

बिज्ञापन

‘एमसीसीको विरोध गरिरहेको पार्टी, त्यसलाई कार्यान्वयन गर्ने सत्तारुढसँग एकै मोर्चामा बस्न नैतिक प्रश्न उठ्यो, केही खास निर्णय हुन सक्छ’, स्रोतले भन्यो।

एमसीसी कार्यान्वयनमा नलैजानका लागि विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै भेटेर भनेका थिए। तर, प्रचण्डले एमसीसी रोक्न नसकिने जवाफ दिएपछि उनी मोर्चाबाट अलग हुने निर्णयमा पुग्न सक्ने अनुमान गरिएको हो।

एमसीसीका प्रमुखसहितको बैठक र सम्झौतामार्फत कार्यान्वयनमा गएको घोषणा गरिएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।