राष्ट्रिय समाचार

सुन तस्करीका ५ आरोपितसँग नक्कली नेपाली नागरिकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ – ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका  चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको छ । एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो । 

लोक कल्याणकारी विज्ञापन

यससँगै तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका सबै ५ जनाको साथमा नेपाली नागरिकता भटिएको छ । एलेक्स लि–नेङकाई, डिङ सेग्फा र दावाले काभ्रे तथा ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ ।

लोक कल्याणकारी विज्ञापन

एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ । यसअघि तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको थियो । 

बिज्ञापन

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल नेतृत्वको छानबिन समितिले दावाको नागरिकता छानबिन गरेर रिपोर्ट बुझाएको छ । गृह मन्त्रालयले दावाको नागरिकता खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन