चन्द्र भण्डारी र महेन्द्र रायले भेटे बालकृष्ण खाणलाई

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् ।
उनीहरू मंगलबार सुुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नेता खाणलाई भेटेका कारागार प्रशासनले जनाएको छ ।

निकटस्थ स्रोतका अनुसार भेटमा खाणले डा. भण्डारीलाई स्वास्थ्य अवस्थाबारे सोधेका थिए । डा. भण्डारी घरमै खाना पकाउने ग्यास पड्किँटा घाइते भएर उपचार गराइरहेका छन् ।
डा. भण्डारीले भने समसामयिक राजनीतिबारे जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे जानकारी लिएको स्रोतले बतायो । दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको थियो ।
खाण र डा. भण्डारी एउटै प्रदेशका भए पनि पार्टीभित्र फरक–फरक गुटका हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
