चिनियाँ राजदूतले दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित: शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदुत छन् सोङले केहीदिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको बताएका छन्।
नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चिनियाँ राजदुतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए।

उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउँदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफूले मात्र राख्ने बताए। उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए ।
‘म वर्षात सकिए लगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ननेछु’ उनले भने। डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजाु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको स्पष्ट पारे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
