राष्ट्रिय समाचार

भूमि आयोगले ३२ जिल्लाका सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन दिन आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने भएको छ ।

आयोगले ३२ जिल्लाका स्थानीय तह तोकेरै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्ने उद्देश्यले लगत संकलन गर्न लागिएको आयोगले जनाएको छ । त्यसका लागि आयोगले आज एक सूचना जारी गर्दै ३५ दिनभित्र निवदेशन दिन भनेको छ ।

बिज्ञापन

‘राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहाय अनुसारका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति भदौ २९ गतेबाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत पेस गर्नु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।