बाँकेमा बम विष्फोट
लोक कल्याणकारी विज्ञापन

रुपन्देही । पूर्वपश्चिम राजमार्गमा बम पड्किएर ठूलो खाडल परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिवार राति दाङको राप्ती सोनारी गाउँपालिका वडा नं ८ नयाँगाउँ नजिकैको सडकमा बम पड्किएको हो ।
बिज्ञापन

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले त्यो खाडल पुरेको छ ।
‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ । कुनै क्षति भएको छैन, हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन,’ उनले भनेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
