राष्ट्रिय समाचार

डिउटीमा खटिएका डाक्टरमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई वडाध्यक्षले कुटपिट गरेका छन्। बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राती डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालले जनाएको छ।

बिज्ञापन

बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गरेको डाक्टर अधिकारीले बताएका छन्।

अस्पतालमा भर्ना गर्नुअघि डाक्टरले मञ्जुरीनामा गराउँदै थिए । मञ्जुरीनामाको सर्तहरु आफूलाई मान्य नहुने भन्दै उनले आपत्ति जनाएपछि डाक्टरले उनलाई चित्त बुझाउने गरी हातैले लेखेर हस्ताक्षर गर्न भने ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि देशैभरिका अस्पतालमा गराइने मञ्जुरीनाका विषयमा आपत्ति जनाउँदै विवाद सिर्जना भएपछि डाक्टरमाथि नै मुक्का प्रहार गरेका थिए ।

वडाध्यक्ष बस्नेतलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। उनीमाथि स्वास्थकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनविरीत कसुर गरेको आरोपमा सोमबार जिल्ला अदालतमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी स्थानेश्वर चपाईँले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।