घटना

भिनाजुको कुटाइबाट सालाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्याङ्जा, असोज २२ गते । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाईबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठग बहादुर विकको कुटाइले तीन महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आउनुभएको थियो । गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउँ लगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते हनुभएको थियो ।

बिज्ञापन

भिनाजुको कुटाइले घाइते सालाको आइतबार साझँ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाले बताउनुभयो ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुपक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताउनुभयो ।

घाइते साला पश्चिामाञ्चल अस्पताल पोखरा उपचार पश्चात घर फर्के पनि घाउँमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।