इजरायलमा रहेका नेपालीहरूको उद्धारमा प्रचण्ड सरकारले तदारुकता देखाएन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकार तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् ।
तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो देशबाट सहजै नागरिकको उद्धार गरेको स्मरण गर्दै उनले कूटनीतिक सम्बन्ध अत्यन्तै राम्रो भएको इजरायलमा फसेका नेपालीहरूको उद्धार हुन नसकेकाे बताए ।

उनले भने, ‘आपत्कालीन अवस्थामा रहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने पर्ने थियो । सरकारले गर्न सकिरहेको छैन । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो ठाउँबाट सहजै उद्धार गरेको थियो । इजरायल त दक्षिण एसियापछि सबैभन्दा राम्रो कूटनीतिक सम्बन्ध भएको देश हो । त्यहाँबाट नागरिकहरूलाई उद्धार गर्न सकेको छैन ।’
इजरायलमा शनिबार १० जनाको मृत्यु भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
