राष्ट्रिय समाचार

गुटेरेसको सुरक्षामा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पोखरा – घान्द्रुकमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको अन्नपूर्ण बेसक्याम्पमा लेक लागेर मृत्यु भएको छ । पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसको अन्नपूर्ण बेसक्याम्प भ्रमणका क्रममा सुरक्षाका लागि त्यहाँ पुगेका थिए ।

लोक कल्याणकारी विज्ञापन

गुटरेसको सुरक्षाका लागि उनी १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

लोक कल्याणकारी विज्ञापन

गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत भने हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान लेक लागेर श्वासप्रस्वासमा समस्या भएको थियो ।

बिज्ञापन

त्यसपछि उनलाई हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइएको थियो । तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन