सुदूरपश्चिम प्रदेश

धनगढीमा कार्यालय नै खोलेर ठगी, भारतका सरदारले पठाउथे बैँक खातामै तलब

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको धनगढीमा कार्यालय नै सञ्चालन गरेर ठगी गर्ने काम हुँदै आएको पाइएको छ। ‘ह्याकर’को काम गर्दै आएका गिरोहका नाइकेले मासिक ४० हजार तलब बुझ्ने गरेको समेत खुलेको छ।

कार्यालय प्रमुख (म्यानेजर) कञ्चनपुरका शिसाल सुनारसहित आठ जना कर्मचारीहरुले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा कार्यालय सञ्चालन गर्दै आएका थिए। उनीहरूको मासिक तलब भने भारतको नयाँ दिल्लीबाट बैँक खातामै आउने गरेको खुलेको हो। कार्यालय प्रमुख रहेका सुनारले मासिक ४० हजार र अन्य कर्मचारीले मासिक १२ देखि २० हजारसम्म पाउने गरेका छन्।

बिज्ञापन

भारतको दिल्लीका सुरेश सरदारले उनीहरूको बैँक खातामा मासिक तलब तथा अन्य कार्यालय सञ्चालनका लागि रकम पठाउने गरेको खुलेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले धनगढीमा ह््याकरको समूहले चार महिनादेखि कार्यालय सञ्चालन गर्दै आएको बताए। बोहराका अनुसार धनगढीमा मासिक ४० हजारमा घरभाडामा लिएर ह्याकरको गिरोहले भारतको दिल्लीबाट सुरेश सरदारले दिने निर्देशनका आधारमा काम गर्दै आएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।