उदयपुरमा पिकनिक खाएर फर्किएकाे विद्यालयको बस पल्टियाे, ३४ जना घाइते

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको बस दुर्घटना ३६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।
घाइते विद्यार्थी मध्य १२ जना भन्दा गम्भीर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको जानकारी दिए ।
घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई रेफर गर्ने तयारी भइरहेको जनाइएको छ । ३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइसकिएको र उनीहरुको उपचार सुरु भएको जनाइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
