राजनीति

नेताका कारण जनताले व्यवस्था नै गलत भन्ने बुझ्न थाले : रवि लामिछाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यतिखेर पार्टीले संगठन निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् ।

रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन चन्द्रनिगाहपुर पुगेका अध्यक्ष लामिछानेले पत्रकार भेटघाट कार्यक्रममा संचारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै मधेश प्रदेशमा संगठनको अवस्थालाई अझ मजबुद बनाउनकालागि ७ दिने अभियानमा मधेश निस्किएको बताए ।

बिज्ञापन

मधेश प्रदेशमा पार्टीको समितिहरु निर्माणको क्रममा रहेको र अझ जनतासंगै पुगेर जनभावना बुझ्ने सहितको कामका लागि पनि संगठनले मधेशलाई प्राथमिकतामा राखेको बताए । यतिखेर पार्टी रणनीतिक रुपमा मधेश केन्द्रित भएको बताउदै अध्यक्ष लामिछानेले नेता खराब भएका कारण जनताले एकमुष्ट रुपमा व्यवस्था नै खराब भएको बुझेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।