राष्ट्रिय समाचार

फोहोरमा फालिएको अवस्थामा जुम्ल्याहा शिशुको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ। मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताए ।

बिज्ञापन

अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ। सदरमुकाम मलङ्गवामा पटक–पटक यसरी फालिएको नवजात शिशुको शव फेला पर्ने गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।