राष्ट्रिय समाचार

भारतमा ११ नेपाली लुटिए, गड्डाचौकी पुगेपछि बाटो खर्च

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार गत कात्तिकमा लुटिए। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन्। 

उनको कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको एक लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको हो। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर उनलाई लुटेका थिए। हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुर्‍याएका थिए। गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको थियो। 

बिज्ञापन

गत कात्तिकमै भारतबाट घर फर्किरहेका थप दुई जना नेपाली कामदार पनि बाटोमै लुटिएका हुन्। भारतको हरिद्वारमै लुटिएका उनीहरू पनि अलपत्र अवस्थामा गड्डाचौकी पुगेका थिए। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन्। सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।