राजनीति

नागरिक उन्मुक्तिको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ। पार्टीको पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) कैलाली आउने भएका छन्। उनीसँगै पार्टीका शीर्ष नेतहरू कैलालीको टीकापुर आउने पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए।

भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने छन्। चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ। माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ। केपी ओलीलाई निम्तो दिएका छौ। फेरि भेट गर्छु। शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री ज्यू आउनु हुन्छ।’

बिज्ञापन

धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताए। चौधरीका अनुसार नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ। तीन दिनसम्म टीकापुरमा सञ्चालन हुने अधिवेशनमा सहभागिहरूले स्थानीय खानाका परिकारहरू खान पाउने उनले बताए।

टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ। रेशमलाल चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए। पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ। पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले सङ्घीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। रञ्जिता फेरि पार्टीको अध्यक्षमा दोहोरीने वा नयाँ अध्यक्ष निर्वाचित गरिने विषयमा रेशमलालले बाल्न चाहेनन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।