अवर्गीकृत

बालकुमारी घटनामा प्रधानमन्त्रीकाे जवाफ : प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए । 

बिज्ञापन

‘आज मैले प्रतिवेदन बुझ्दै छु,’ उनले भने, ‘अध्ययनपछि प्रतिवेदनका आधारमा कारबाही हुन्छ ।’

गृहमन्त्रालयमा प्रतिवेदन बुझाए पनि आफूले आइतबार बुझ्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले प्रतिपक्षी दलले नभएर सरकारले नै समिति गठन गरेको भन्दै बालकुमारी घटनाप्रति सरकारले चासो राखिरहेको बताए । 

पीडितका परिवाारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र रोजगारीको व्यवस्था पनि गरिएको उनले बताए । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।