घटना

भारतमा चोरी गर्ने डोटीका २ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी  । भारतमा चोरी गर्ने डोटीका २ जना पक्राउ परेका छन।

राजस्थानको एक घरबाट २४ लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरका गहना र नगद चोरी गर्ने डोटीका सुरेन्द्र आउजी र विनोद आउजी पक्राउ परेका हुन्। चोरीमा सङ्लन्न रवि आउजी फरार रहेका छन्।

बिज्ञापन

पलिया प्रहरीका अनुसार उनीहरूले सोमवार भारतको राजस्थानका मोड सिंहको घरबाट दुई लाख ६२ हजार सात सय चार नेपाली रुपैयाँ बराबरको भारतीय मुद्रा र २४ लाख नेपाली रुपैयाँ बराबरको सुन चोरी गरेका थिए। राजस्थानको किशनगढ जिल्ला अजमेरमा सिँहले निवेदन दिएका थिए। चोरी गरेको नगद र सुनसहित नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई पलिया प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई राजस्थान पठाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।