प्रतिक्रियावादीहरू एमालेलाई कमजोर बनाउन लागेका छन् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि निरन्तर हमला भइरहेको बताएका छन्।
शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविस्कार गरेर पार्टीमाथि हमला भइरहेको बताएका हुन्।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर बनाएर देश अघि बढ्नबाट रोक्नका लागि प्रतिक्रियावादीहरूले एमालेलाई कमजोर बनाउन लागिरहेका बताए।
विचार, नीति, उद्देश्य शून्य भएका प्रतिक्रियावादीहरूले स्वार्थका थैला बोकेर हिँड्ने र त्यही थैला भर्नका लागि असभ्यता, अशिषटता, अमर्यादा तथा अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने गरेको उनले बताए। यस्ता भ्रम फैलाउनेहरूको खण्डन गर्नुपर्ने उनको भनाइ थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
