सडक सफा गर्न धनगढीले ल्यायो ब्रुमर
लोक कल्याणकारी विज्ञापन

धनगढी । धनगढी उपमहानगरपालिकाले सडकको सरसफाइ गर्न ब्रुमर ल्याएको छ । धनगढी क्षेत्रका सडकको धुलो (फोहोर) सफा गर्न ब्रुमर खरिद गरी ल्याएको हो ।
लोक कल्याणकारी विज्ञापन

शनिवारदेखि धनगढी उपमहानगरपालिकाले ब्रुमको प्रयोगबाट सडक सरसफाइ गर्न थालेको बताएको छ । उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुमर खरिद गरेको बताएको छ ।
लोक कल्याणकारी विज्ञापन

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको सडक सफा गर्न ब्रुमर खरिद गरेको बताए। चालु आर्थिक वर्षको बजेटबाट उपमहानगरपालिकाले ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

