जलवायु

पश्चिम तराईमा अझै चार दिन तातो लहरको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती भूभागमा अबका चार दिन (असार ३ देखि ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाले आइतबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।

बिज्ञापन

“…ती भूभागहरूमा आगामी चार दिन (असार ३ गतेदेखि २०८१ असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा उल्लेख छ । महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी ११औँ विशेष बुलेटिन जारी गरेको हो ।

तातो हावा तथा तातो लहरका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान (घाममा बढी एक्सपोज नहुन), हल्का लुगा लगाउन, सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउन महाशाखाको सुझाव छ । स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह–सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।