राष्ट्रिय समाचार

एसइईको नतिजा भोलि बिहान प्रकाशन हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन गर्न नसकिएको हो।

बुधबार दिउँसो १ बजेट परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्ड बैठक बसेको थियो। बैठकले बुधबार प्रकाशन गर्दा रात पर्ने भएकाले बिहीबार बिहान नतिजा प्रकाशन गर्ने निचोड निकालेको हो। 

बिज्ञापन

‘सबैजसो तयारी भइसक्यो, अब प्रोसेसिङको काम मात्रै बाँकी छ। सिस्टममा प्रोसेसिङ गर्दा चार–पाँच घण्टा लाग्ने रहेछ,’ बोर्ड अध्यक्ष  शर्माले भने, ‘आजै प्रकाशन गर्दा राति आठ–नाै बज्ने भयो, त्यसैले भोलि बिहानै नतिजा प्रकाशन गर्छौँ।’

उनका अनुसार बोर्डले यसपटकदेखि रातिको समयमा नजिता प्रकाशन नगर्ने निणर्य पनि गरेको छ। १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा देशभरका  दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए।

बोर्डले नतिजामा यसपटक फरक मापदण्ड तय गरेको छ। कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बताइएको छ। प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ। 

बोर्डका अध्यक्ष शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ। अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।