घटना

खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर : मोरङको रंगेली नगरपालिका-४ मा खोलाले बगाएर बुधबार बिहान बेपत्ता भएका पुरुषको शव फेला परेको छ। 

घाँगी खोलाले बगाउँदा बेपत्ता भएका रंगेली-४ का ४५ वर्षीय नागेन मण्डललाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार ४ जनाले एकैपटक खोला तर्न खोजेका थिए। तर्ने क्रममा नागेनलाई बिहान १०:४५ बजेतिर खोलाले बगाएको थियो। 

बिज्ञापन

स्थानीयको सहयोग लिएर नेपाल र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट १५० मिटरजति तल शव फेला डीएसपी बस्नेतले बताए। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। नागेनसँगै रहेका अन्य ३ जना भने सकुशल छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।