जिल्ला अस्पताल हुम्लामा खानेपानीको चरम अभाव

हुम्ला : जिल्ला अस्पताल जुम्लामा खानेपानीको चरम अभाव देखिएको छ। १५ शैयाको सो अस्पतालमा नियमित पानी नआएपछि सेवा लिन आएका बिरामीलगायत अस्पतालको सरसफाइमा समस्या देखिएको छ।
अस्पातलमा पानी नहुँदा बिरामीको लुगाकपडा धुन नपाएको सिमकोट गाउँपालिका- ५ की सरस्वती रोकायाले दुखेसो पोखिन् । उनले सुत्केरी आमा र बच्चाको कपडा सफा गर्न पानी नहुँदा साह्रै समस्यामा परेको बताइन्।

खानेपानीको समस्याले बिरामीदेखि अस्पतालका उपकरण सरसफाइमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाको प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । महिनौंदेखि खानेपानी अभाव हुँदा खानेपानी उपभोक्त समितिलाई हारगुहार गरेपनि सुनुवाइ नभएको प्रमुख सिंहले बताए । उनले यस विषयमा खानेपानी उपभोक्ता समिति गम्भीर बन्नुपर्ने बताए।
अस्पताललाई दैनिक १० हजार लिटर पानी आवश्यक पर्ने उनको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
