पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु

बागलुङ : बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। बागलुङको गलकोट नगरपालिका–८ काँठेवास, बिसौनीमा शनिबार बिहान ३ बजे अविरल वर्षको कारण घर माथिबाट आएको पहिरोले घर पुरिँदा घरमुली ५५ वर्षीय प्रेम बहादुर विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
विक दम्पतीको शव पुरिएको अवस्थामा फेला परेको प्रनाउ यादवले बताए। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएकाका छन्। घाइते दुवै जनाको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रनाउ यादवले जानकारी दिए। पहिरोले घर पुरिएपछि प्रहरी र स्थानीयहरूले उद्धार गरेका थिए।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
