खेलकुद

आइसिसी टी–२० विश्वकप फाइनल आज : दुई अपराजित भारत र दक्षिण अफ्रिका भिड्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि शनिबार दुई अपराजित दक्षिण अफ्रिका र भारत भिड्दै छन् । वेस्ट इन्डिजको बार्बाडोसमा दक्षिण अफ्रिका पहिलो र भारतले दोस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म टी–२० र एकदिवसीय विश्वकपको ट्रफी जितेको छैन । दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । भारत समग्रमा दोस्रोपटक टी–२० को फाइनलमा पुगेको टोली हो । 

दक्षिण अफ्रिकाको अहिलेसम्मकै ठूलो सफलता सन् १९९८ को च्याम्पियन्स ट्रफी उचाल्नु नै हो । टोली टी–२० मा दुई तथा एकदिवसीयमा पाँचपटक सेमिफाइनलमा पराजित हुँदै आएको थियो । युवा कप्तान एडम माक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका उत्कृष्ट लयमा छ । तर, प्रतियोगितामा दक्षिण अफ्रिकाले एउटै खेलमा मात्र जित निकाल्न कडा मिहिनेत गर्नुपर्‍यो । समूह ‘डी’मा दक्षिण अफ्रिकाले नेपाललाई एक रनले हराउन ठूलो परिश्रम गरेको थियो । ओपनर क्विन्टन डी कोक, रिजा हेन्ड्रिक, कागिसो राबडा, एनरिक नोर्टजी, ताब्राइज साम्सीले सानदार प्रदर्शन गरेका छन् । 

बिज्ञापन

ओपनर रोहित शर्माको कप्तानीमा रहेको भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्ने दाउमा छ । भारतले उपाधि जिते इंग्ल्यान्ड र वेस्ट इन्डिजको बराबरी गर्नेछ । इंग्ल्यान्ड र वेस्ट इन्डिजले सर्वाधिक दुईपटक विश्वकप जितेका छन् । रोहितसँगै अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरेपछि भारत पनि प्रतियोगितामा अपराजित छ । बार्बाडोसमा हुने फाइनल खेलमा वर्षाको अनुमान गरिएको छ । 

हेट टु हेडमा भारत बलियो
भारत र दक्षिण अफ्रिकाबीचको हेड टु हेडमा भारत बलियो देखिन्छ । विश्वकपमा मात्रै दुई टोलीबीच ६ खेल भएको छ । भारत चारपटक विजयी भएको छ । पछिल्लो पाँचमध्ये तीन खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको थियो । एक खेल वर्षाले रद्द भएको थियो । टी–२० आईमा २६ खेलमा भारतले १४ तथा दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।