पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी । पहिरोमा पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ ठाटीपोखरीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको हो।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले मालिका गाउँपालिका-६ ठाटीपोखरीका भेषबहादुर विकको घर पुरिँदा पाँच जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पुष्टि गरे।
पहिरोमा ५५ वर्षीय घरमुली भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
