राष्ट्रिय समाचार

खुट्टाले लेखेरै ३.३७ जिपिए 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गुल्मी छत्रकोटका १९ वर्षीय ऋषिराम कँडेल जसले खुट्टाले लेखेरै एसइई परीक्षामा ३.३७ जिपिए ल्याए

गुल्मीको छत्रकोट गाउँपालिका– ४ का १९ वर्षीय ऋषिराम कँडेलले खुट्टाले लेखेरै एसइई परीक्षामा ३.३७ जिपिए प्राप्त गरेका छन् । शृंगा जनता माविमा अध्ययनरत उनले रुरु क्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । उनको दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले दिएको परीक्षाको नतिजाले उनी उत्साहित छन् । कँडेलले कक्षा ११ मा साइन्स पढ्ने इच्छा रहेको बताए । ‘नतिजा अपेक्षाअनुसारकै आएकाले उत्साहित छु । सकेसम्म व्यवस्थापनको हिसाबले गाउँकै नजिकको कलेज जान्छु,’ उनले भने, ‘कक्षा ११ र १२ साइन्स पढ्ने योजना बनाएको छु ।’ 

बिज्ञापन

कँडेलको नजिक जनबोध मावि छ । उनले सोही विद्यालयबाट एसइई दिएका थिए । जनबोध माविमा पढ्न पाए घरबाटै बुबालाई आउजाउ गराउन सजिलो हुने उनको भनाइ छ । उनले अनुत्तीर्ण साथीहरूलाई निराश नहुन आग्रह गरे । हार स्वाभाविक भएकाले हार खान नहुने उनको तर्क छ । ‘आफूभित्रको आत्मबल नै सबैभन्दा ठूलो कुरा हो । मैले शारीरिक अप्ठ्यारोमा पनि जीवनदेखि कहिल्यै हार खाएको छैन,’ उनले भने, ‘लडे पनि आफूलाई चिनेर विश्वासका साथ उठ्न सक्नुपर्छ ।’ 

ऋषिरामका हात–खुट्टा कमजोर छन् । तर, बौद्धिक क्षमता सबलांगको भन्दा उत्कृष्ट छ । दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । उनी अपांगता भएकाको मात्र उदाहरणीय पात्र होइनन् । सपांग व्यक्तिका मार्गदर्शक पनि हुन् । उनले कक्षा चारसम्म घरनजिकैको शारदा माविमा पढे । त्यसपछि शृंगा जनता माविमा पढ्दै आएका थिए । ऋषिराम ‘क’ वर्गको अपांगता भएका हुन् । उनी अरूको सहाराविना केही गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति गरेनन् । बुबा लक्ष्मण कँडेलले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पु¥याउँथे । अब पनि छोराले पढ्न चाहेको विषय र वातावरण बनाउन आफू तयार रहेको उनले बताए । साइन्स नै लिएर पढ्ने चाहना बाबुको भएकाले विद्यालय कहाँ भन्ने यकिन नगरिएको उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।