घटना

हत्या गरी मकै बारीमा फालिएको महिलाको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्लाही,  असार १६ गते । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । 

स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकै खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बिज्ञापन

महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताउनुभयो । 

“घटना शङ्कास्पद रहेकाले हामी अनुसन्धानमा लागिरहेका छौँ,” एसपी सिंहले भन्नुभयो, “हरिपुरको स्थानीय प्रहरी र जिल्लाबाट समेत परिचालित टोली प्रमाण जुटाउन लागिरहेको छ ।” परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ जानुभएको थियो । 

साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उहाँको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।